इजरायलबाट माग नआउँदा छानिएका पनि जान पाएनन्

आइतबार, ०६ फागुन २०७४

पछिल्लो समय इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका कामदार पनि यतै अड्किएका छन् । ढिलाइले उनीहरुलाई निराश बनाएको छ ।

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

आइतबार, ०६ फागुन २०७४

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।

जागिर छाडेर माछापालन

आइतबार, ०६ फागुन २०७४

गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

रेम्बो ट्राउट उत्पादन केन्द्र बन्दै

रेम्बो ट्राउट उत्पादन केन्द्र बन्दै

आइतबार, ०६ फागुन २०७४

रुपाकोट मझुवागढी नगरपालिकाले रेम्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउन कार्यविधि पारित गरेको छ । रेम्बो ट्राउटको सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले नगरभित्रका दुई स्थानमा रेम्बो ट्राउट रेस–वे बनाउन कृषि उद्यमशीलता कार्यविधि पारित गरेको हो ।

धान सुपरजोनमा सौर्य ऊर्जाबाट सिँचाइ

आइतबार, ०६ फागुन २०७४

झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिए ।

शिक्षण पेसा छाडेर च्याउखेती

शिक्षण पेसा छाडेर च्याउखेती

आइतबार, ०६ फागुन २०७४

२०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

आइतबार, ०६ फागुन २०७४

सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।

हरिवनमा सडकको काम अधुरै, नयाँरोडमा सुरु

हरिवनमा सडकको काम अधुरै, नयाँरोडमा सुरु

आइतबार, ०६ फागुन २०७४

हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ नाला र रेलिङ (बार) निर्माणको काम अधुरै छाँडिदा हरिवन बजार अव्यवस्थित देखिएको छ । हरिवन बजारको काम अधुरो रहँदारहँदै सोही प्रकृतिको काम डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले नयाँरोडमा १५ दिनदेखि काम सुरु गराएको छ ।

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

आइतबार, ०६ फागुन २०७४

पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधानले रिक्सा तथा ठेलालाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।नेपाल रिक्सा तथा ठेला श्रमिक संघको चौथो काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले महानगर- नगरभित्र सञ्चालनमा रहेका सबै रिक्सालाई सरकारी मातहत दर्ता गर्न सके लाखौं राजस्व उठ्ने बताए ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

आइतबार, ०६ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

आइतबार, ०६ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा विस्तार गरेको छ ।कम्पनी सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

आइतबार, ०६ फागुन २०७४

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

डोल्पालाई फलफूलबाटै आत्मनिर्भर बनाइने

डोल्पालाई फलफूलबाटै आत्मनिर्भर बनाइने

शनिबार, ०५ फागुन २०७४

फलफूल खेतीलाई यो वर्ष डोल्पामा अभियानकै रुपमा अगाडि बढाइएको छ। फलफूल खेतीको माध्यमबाट डोल्पा र डोल्पालीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यहाँका स्थानीय निकायले स्याउ, किमी, अंगुर र दाँते ओखरका बिरुवाहरुको खरिद गरेर किसानलाई वितरण गरेको छ।

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

शनिबार, ०५ फागुन २०७४

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु १ अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

शनिबार, ०५ फागुन २०७४

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु ४ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु ४ खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ।

युवालाई गाउँमै स्वरोजगार

युवालाई गाउँमै स्वरोजगार

शनिबार, ०५ फागुन २०७४

जुम्ला मालापानी गाउँका जीवनवहादुर वुढा गाउँमै व्यस्त छन्। घर वनाउने मिस्त्री उनले गाउँमै घरका झयाल ढोका वनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने भौतिक संरचना निर्माणका काममा निकै खटिएका हुन्छ। ‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ उनले भने, ‘रोजगारी खोज्दै विदेशीनु भन्दा आफ्नै माटोमा मेहनत गरे सुखसँग बस्न सकिन्छ।’

कछुवा गतिमा नाक्चेलाग्ना सडक परियोजना,  ८ वर्षमा १६ किलोमिटर खनियो

कछुवा गतिमा नाक्चेलाग्ना सडक परियोजना, ८ वर्षमा १६ किलोमिटर खनियो

शनिबार, ०५ फागुन २०७४

त्रिदेशीय महत्व र प्रमुख ब्यापारिक मार्गका रूपमा हेरिएको गमगढी—नाक्चेलाग्ना सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको छ। २०७३ पौष ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले चीनको तिब्बतसँग जोड्ने उक्त सडकको निर्माण कार्य दुर्तगतिमा अगाडि बढाउन जिल्लामा परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

शुक्रबार, ०४ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीका संचालक योगेन्द्र राई तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुक्रबार संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्।

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

शुक्रबार, ०४ फागुन २०७४

न्युरोका बिरामीलाई लक्ष्य गरेर नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको अत्याधुनिक उपकरणसहितको न्युरो सर्जरी सेवा दक्षिण–पूर्वी एसियामै पहिलो भएको अस्पतालको दाबी छ ।

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

शुक्रबार, ०४ फागुन २०७४

बामपन्थीको सरकार बन्दा प्रायजसो घट्ने गरेको सेयर बजार यसपाली भने बढ्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएकै दिन बिहीबार बजार ३६.०१ ले बढेर नेप्से परिसुचक १४२४.९५ विन्दुमा पुगेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।