निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

आइतबार, ०६ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले हिम्मत भए देउवा सरकारले गरेका निर्णय खारेज गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती समेत दिए।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

आइतबार, ०६ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

बी एण्ड सीका सञ्चालक प्रसाईको घरमा ओली दाहाल वार्ता

बी एण्ड सीका सञ्चालक प्रसाईको घरमा ओली दाहाल वार्ता

आइतबार, ०६ फागुन २०७४

नेकपा माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता छानेपछि बैठकमा उनले भने, ‘आज ओली जी (केपी ओली) विशेष कुरा गर्दै छु।’ संसदीय दलको बैठकमा लामो समय नखर्ची दाहाल ओलीलाई भेट्न भक्तपुर तर्फ लागे।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

आइतबार, ०६ फागुन २०७४

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा अब्बल मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक कार्यक्रमका क्रममा आमजनमानसको ध्यान केन्द्रीत गर्न विभिन्न उखानटुक्का तथा किस्साको उचित प्रयाग गर्न निकै सिपालु मानिन्छन्।

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

बालुवाटार सर्दै प्रधानमन्त्री ओली

आइतबार, ०६ फागुन २०७४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

माओवादी संसदीय दलको नेतामा दाहाल

माओवादी संसदीय दलको नेतामा दाहाल

आइतबार, ०६ फागुन २०७४

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ।

निल हुनबाट जोगियो कांग्रेस

आइतबार, ०६ फागुन २०७४

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरमै सबैभन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ ।

सर्लाहीमा २२ सांसद

आइतबार, ०६ फागुन २०७४

प्रतिनिधि एवं प्रदेशसभामा सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या २२ पुगेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जिल्लाबाट विभिन्न राजनीतिक दलका १० सांसद निर्वाचित भएसँगै प्रतिनिधि एवं प्रदेशसभामा गरी २२ जना सांसदको प्रतिनिधित्व भएको हो ।

बडाल उपसभामुखमा निश्चित

आइतबार, ०६ फागुन २०७४

प्रदेश ७ मा माओवादी केन्द्रका दार्चुलाका प्रदेशसभा सदस्य निर्मला बडाल जोशी उपसभामुख हुने भएकी छन । प्रदेश सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार शनिबार उपसभामुखका लागि जोशीको मात्र मनोनयन दर्ता भएको छ ।

राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल

आइतबार, ०६ फागुन २०७४

प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्नुपर्ने माग हतारको भएको मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।‘अहिले यति छिटो हतार गरेर यो विषय उठाइ हाल्ने बेला भएको छैन । किनकी हालको अस्थायी राजधानीमा हामीले एउटा बैठक सुरु गरेका छैनौं र कामको सुरुवातै भएको छैन,’ धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै उनले भने ।

१० गते मुख्यमन्त्रीले विश्वासको मत लिने

आइतबार, ०६ फागुन २०७४

प्रदेश २ का मुख्यमन्त्रीले आगामी १० गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत यही फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रिय जनता पार्टीको समर्थनमा राउत मुख्यमन्त्री बनेका हुन् ।

राउतलाई कांग्रेसको समर्थन

राउतलाई कांग्रेसको समर्थन

आइतबार, ०६ फागुन २०७४

लालबाबु राउत नेतृत्वको प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्ने जनाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ जनकपुरस्थित उनकै निवासमा पुगेर मुख्यमन्त्री राउतले भेट गरेका छन् । सो अवसरमा पूर्व उपप्रधान मन्त्रीसमेत रहेका निधिले सत्तापक्षले अपेक्षा गरेको हरेक प्रकारको सहयोग गर्न कांग्रेस तत्पर रहेको बताए।

सत्ता–प्रतिपक्षबीच घोचपेच

आइतबार, ०६ फागुन २०७४

प्रदेशसभाले सभामुख र उपसभामुख चयन गरिसकेपछि शनिबार पहिलोपटक प्रदशेसभाको पूर्ण बैठक बसेको छ । नवनिर्वाचित ती पदाधिकारीलाई बधाई ज्ञापन गर्न बसेको उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कटाक्ष सुरु भएको छ।

कर्मचारी अभाव कि फालाफाल ?

आइतबार, ०६ फागुन २०७४

स्थानीय तह कार्यान्वयनमा आएपछि भंग भएका सरकारी कार्यालयका कर्मचारी गत साउनमा व्यवस्थापन गरिए । जिल्ला समन्वय समितिले आवश्यकताअनुसार कर्मचारीलाई स्थानीय तहमा पठायो । यसैमध्येका तीनजना इन्जिनियर लमही नगरपालिकामा पठाइए ।

ओलीको प्रस्तावमा राजपा र फोरम ‘सकारात्मक’

आइतबार, ०६ फागुन २०७४

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् ।

‘जनसत्ता’ का लिखत वैधता दिने पक्षमा सभामुख

‘जनसत्ता’ का लिखत वैधता दिने पक्षमा सभामुख

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ ।

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

आइतबार, ०६ फागुन २०७४

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ।

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री ओली भोलि अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।