६ मन्त्री नियुक्त

६ मन्त्री नियुक्त

सोमबार, ०७ फागुन २०७४

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।प्रदेश ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रीमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसी नियुक्त भएका छन् ।

स्थानीय तहका लागि ३० नमुना कानुन

सोमबार, ०७ फागुन २०७४

स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन बनाएको छ ।

युद्धमा कमिसार, शिविरमा कमान्डर

युद्धमा कमिसार, शिविरमा कमान्डर

सोमबार, ०७ फागुन २०७४

करिब १५ वर्ष ९ महिनाको अवधि महेन्द्रबहादुर शाहीको जीवनमा निकै चाखलाग्दो छ । यही ‘समय’ ले हो, बाहिरी दुनियाँमा उनलाई लडाकु कमान्डरको परिचय दिलाएको । २०५३ भदौ ७ गते तत्कालीन माओवादीको सेनामा प्रवेश गरेका उनी २०६९ मंसिर १० गते त्यहाँबाट बाहिरिएका थिए ।

संघीय संसदमा ३४ प्रतिशत महिला

सोमबार, ०७ फागुन २०७४

संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

मास्कमाडौंलाई काठमाडौं बनाउँछु

मास्कमाडौंलाई काठमाडौं बनाउँछु

सोमबार, ०७ फागुन २०७४

यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने ।

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

दासता छिचोलेर उपसभामुख

दासता छिचोलेर उपसभामुख

सोमबार, ०७ फागुन २०७४

बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।

प्याकेज सहमतिपछि मात्र सरकारमा

सोमबार, ०७ फागुन २०७४

मन्त्रिपरिषद् विस्तारका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।

राष्ट्रियसभामा नयाँ नाम सिफारिस हुने

सोमबार, ०७ फागुन २०७४

सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

आइतबार, ०६ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलता अपनाउने निर्णय

भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलता अपनाउने निर्णय

आइतबार, ०६ फागुन २०७४

प्रदेश ७ को आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीती अवलम्बन गर्ने निर्णय गरेको छ।

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

आइतबार, ०६ फागुन २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार अपराह्न शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र कानूनी राज र सुशासनको प्रत्याभुति दिलाउन नभई सिमित व्यक्तिको स्वार्थ रक्षाको लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

प्रदेश सरकारले पूर्णता पायो

प्रदेश सरकारले पूर्णता पायो

आइतबार, ०६ फागुन २०७४

६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चारसहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्। ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ।

सांसद बनाउन माग गर्दै सर्वाेच्चमा रिट

सांसद बनाउन माग गर्दै सर्वाेच्चमा रिट

आइतबार, ०६ फागुन २०७४

तत्कालिन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहले आफूलाई सांसद बनाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

आइतबार, ०६ फागुन २०७४

प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा।

वामपन्थी दलले नाम पछाडिको ‘थर’ हटाउनु पर्छ : नेता नेपाल

वामपन्थी दलले नाम पछाडिको ‘थर’ हटाउनु पर्छ : नेता नेपाल

आइतबार, ०६ फागुन २०७४

छ वटा प्रदेशमा मुख्यमन्त्री तथा सभामुख र एउटा प्रदेशमा प्रमुख विपक्षी नेताको पद प्राप्त गरेको वाम गठबन्धनले मधेसमा वर्चस्व बढाउन नयाँ योजना बनाएर छिटै जान लागेको पूर्वप्रधानमन्त्री एवं वाम गठबन्धनका वरिष्ठ नेता माधवकुमार नेपालले खुलासा गरेका छन्।

कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित

कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयहरुमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश ब्यक्त गरेका छन्। मन्त्रालयहरुमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय ब्यवस्थापनमा निक्कै समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रह समेत गरेका छन्।

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

आइतबार, ०६ फागुन २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन्।