यी हुन् एमाले माओवादी एकताका प्रारम्भिक आधार (भिडियो)

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माणको लागि सात बुँदे सहमति गरे। एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ। सहमति पछि माओवादी नेता नारायणकाजी श्रेष्ठेले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति सुनाए।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

सोमबार, ०७ फागुन २०७४

नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो।

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

सोमबार, ०७ फागुन २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

सोमबार, ०७ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

नयाँ शक्तिको संघीय परिषद् बैठक लुम्बिनीमा

सोमबार, ०७ फागुन २०७४

नयाँ शक्ति पार्टी नेपालको चौंथो संघिय परिषद् बैठक लम्बिनीमा बस्ने भएको छ। बैठकले पार्टीको वर्तमान अवस्थाबारे समिक्षा गर्नुका साथै भावी रणनीति र कार्यदिशा स्पष्ट तय गर्ने जनाइएको छ।

मन्त्रिपरिषद विस्तारमा अन्यौल

मन्त्रिपरिषद विस्तारमा अन्यौल

सोमबार, ०७ फागुन २०७४

प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रहने बाँकी तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

आलोपालो प्रधानमन्त्रीको विपक्षमा माधव नेपाल

आलोपालो प्रधानमन्त्रीको विपक्षमा माधव नेपाल

सोमबार, ०७ फागुन २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन्।

एकता संयोजन समितिको बैठक बस्दै

एकता संयोजन समितिको बैठक बस्दै

सोमबार, ०७ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सोमबार (आज) साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन्।

ओलीसँगको वार्ताबारे दाहालले पार्टीमा गरे विफ्रिङ

ओलीसँगको वार्ताबारे दाहालले पार्टीमा गरे विफ्रिङ

सोमबार, ०७ फागुन २०७४

नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विषयमा आन्तरिक छलफल गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग सोमबार आन्तरिक छलफल गरेका हुन्।

जनताको अधिकारका लागि शहीदको बलिदानी :  मुख्यमन्त्री भट्ट

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

सोमबार, ०७ फागुन २०७४

रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

सोमबार, ०७ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

सोमबार, ०७ फागुन २०७४

प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

मेरो कार्यकालमा सबैभन्दा बढी प्रगति :  पराजुली

मेरो कार्यकालमा सबैभन्दा बढी प्रगति : पराजुली

सोमबार, ०७ फागुन २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो कार्यकालमा न्यायालयमा सबैभन्दा धेरै प्रगति भएको दावी गरेका छन् । बाल सुधार गृह सानोठिमिले सोमबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो दावी गरेका हुन्

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

सोमबार, ०७ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

राष्ट्रपतिद्धारा संसद अधिवेशन आह्वान

सोमबार, ०७ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

सोमबार, ०७ फागुन २०७४

केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यकारी प्रमुखको कार्यभार सम्हाले पनि संसद् सदस्यको हैसियतले फेरि शपथ लिनुपपर्ने छ ।

सरकारलाई रेलमार्ग निर्माणमा प्राथमिकता दिन सुझाव

सोमबार, ०७ फागुन २०७४

केपी ओली नेतृत्वको सरकारलाई रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर ५ वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्य राख्न सुझाव दिइएको छ ।

कर्मचारी नआउँदा मुख्यमन्त्री आक्रोशित

सोमबार, ०७ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश व्यक्त गरेका छन् । मन्त्रालयमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय व्यवस्थापनमा समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रहसमेत गरेका छन् ।