धर्म परिवर्तनले परिवारमा भाँडभैलो

धर्म परिवर्तनले परिवारमा भाँडभैलो

शुक्रबार, ०३ मङि्सर २०७३

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब दिन थाले। तर, हिन्दु धर्मबाट विचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिस्चियन भएकै कारण विवाह गर्न असहमति जनाए।

सरकारी स्वास्थ्य सेवा प्रभावहीन

सरकारी स्वास्थ्य सेवा प्रभावहीन

आइतबार, २८ कार्तिक २०७३

एक महिनाअघि टाउकोमा गम्भीर चोट लागेका बाँके, खजुराका पुलैराम यादवको उपचारमा परिवारले भारत, लखनउस्थित अस्पतालमा करिब दुई लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो। सन्चो भएर घर फर्किएका उनी फेरि बिरामी परेपछि सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका छन्।

नयाँ जीवन खोज्दै रिहाना

नयाँ जीवन खोज्दै रिहाना

बिहिबार, २५ कार्तिक २०७३

'यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु,' नजिकै बसेका युवकतिर संकेत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर, अनुहारको त्यो चमक धेरै टिकेन। 'अंकल! उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ?' क्षणभरमै ओइलाएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उनले भनिन्, 'त्यो अपराधीले त मलाई मरेर बाँच्दासमेत सताउन छाडेन।'

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

सोमबार, ०१ कार्तिक २०७३

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

दार्चुलामा भूकम्पको धकका महसुस

सोमबार, ०१ कार्तिक २०७३

दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

'स्वर्गकी अप्सरा' मा नेपाली भिड

'स्वर्गकी अप्सरा' मा नेपाली भिड

सोमबार, ०१ कार्तिक २०७३

मुलुकले घुमफिर वर्ष– ०७३ मनाइरहेका बेला दसैं छेको देशकै ठूलो रारा ताल घुम्ने नेपालीको संख्या ह्वात्तै भएको छ। ताल नजिकसम्म सडक ट्र्याक खुलेपछि घुम्न सजिलो भएको हो।

ग्रिल उद्योगमा आगलागी, लाखौंको क्षति

शुक्रबार, २८ असोज २०७३

ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।

सामाजिक सदभावले ओतप्रोत थारूकाे सखिया नृत्य

सामाजिक सदभावले ओतप्रोत थारूकाे सखिया नृत्य

बिहिबार, २७ असोज २०७३

मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याउँछ ।

घरबाट हराएका चौधरी मृत फेला

आइतबार, २३ असोज २०७३

घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ । घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको ।

वीरेन्द्रको शालिक पुनःस्थापना गर्न दबाब

वीरेन्द्रको शालिक पुनःस्थापना गर्न दबाब

बिहिबार, १३ असोज २०७३

स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको छ। नेपालगन्जमा बिहीबार राजतन्त्र पक्षधर तथा व्यापारी, नागरिक समाज तथा सर्वसाधारण लगायतले त्रिभुवन चोकबाट र्‍याली प्रर्दशन गरेर दबाब दिएका हुन्।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

बुधबार, १२ असोज २०७३

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

परिवर्तका लागि युवा अभियान सुरु

सोमबार, २७ भदौ २०७३

लुम्बिनी अञ्चलमा सक्रिय युवाहरुले परिवर्तका लागि युवा नामक अभियान सुरुवात गरेका छन्। विभिन्न सामाजिक कार्यमा आबद्ध युवाहरुलाई एकिकृत गर्दै उक्त अभियानको थालनी गरिएको हो।

चिहानबाट फर्किइन् चेली

चिहानबाट फर्किइन् चेली

आइतबार, १९ भदौ २०७३

केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडाग्निमा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतिलाई धिक्कार्दै थिए। अचानक बालिका कराइन्– च्याहाँ–च्याहाँ–च्याहाँ ...!

द्वन्द्वले पिल्सिएका 'बुर्जुवा' शिक्षक

सोमबार, १३ भदौ २०७३

शरीरको बायाँ भाग चल्दैन। बैसाखीको भरमा भित्रबाहिर गर्छन्। कथित 'बुर्जुवा' शिक्षक हुनुको सजाय यसरी भोगिरहेका छन् शिक्षक किरण योगी। वर्षौंअघि टाउकोमा लागेको गोली निक्लिएको छैन। चसचसी घोचिरहन्छ।

थारुलाई मात्र लाग्ने सिकलसेल बिरामी थपिएको थपियै

थारुलाई मात्र लाग्ने सिकलसेल बिरामी थपिएको थपियै

आइतबार, १२ भदौ २०७३

दोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे। बाबु–छोरा दुवै संक्रमित हुन्। 'हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,' देशरामले भने, 'डाक्टरलाई जँचाउन आएका हौं।'

निकुञ्जभित्रै क्याम्प बनाउँछन् सिकारी

निकुञ्जभित्रै क्याम्प बनाउँछन् सिकारी

शुक्रबार, १० भदौ २०७३

निकुञ्जभित्र पेसेवर चोरी सिकारीले अस्थायी क्याम्प खडा गरेर वन्यजन्तु मार्ने गरेको खुलेको छ। भौगोलिक विकटताले निकुञ्ज प्रशासनको पहुँचभन्दा बाहिरको चुरे क्षेत्रमा चोरी सिकार गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको हो।

'प्रभुको रिन' तिरिनसक्नु

'प्रभुको रिन' तिरिनसक्नु

शुक्रबार, १० भदौ २०७३

तुलसीपुर–३, गणेशपुरकी सरस्वती नेपालीको आम्दानी धेरै छैन। मजदुरी गरेर आएको दुई–चार पैसाले परिवार धान्नै मुस्किल छ। तैपनि उनी हरेक महिना आफ्नो आम्दानीको दशांश दानमा खर्चिन्छिन्। चाहे त्यसका लागि गाँसै कटाउन किन नपरोस्?

'सद्‍भावपुर' बन्दै टीकापुर

'सद्‍भावपुर' बन्दै टीकापुर

मङ्गलबार, ०७ भदौ २०७३

आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुरमा हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुग्यो। घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै छ। लामो समयसम्म एकअर्काप्रति त्रस्त थारु र पहाडी समुदाय अहिले नजिकिएका छन्। उनीहरुबीच सद्भाव पुरानै अवस्थामा फर्किएको छ।

डुब्दै छ मध्यपहाडी मार्ग

मङ्गलबार, ०७ भदौ २०७३

सरकारको 'अल्पदृष्टि' ले नदी 'बेसिन' मा पहिचान भएका जलाशय जलविद्युत आयोजना निर्माण गर्दा दर्जनौं ठाउँमा मध्यपहाडी राजमार्ग डुब्ने अवस्था देखिएको छ। योजना कार्यान्वयनमा अन्तरमन्त्रालय समन्वय अभाव र हचुवामा काम गर्ने परिपाटीले यस्तो समस्या निम्त्याएको हो।

'हामी पीडित कि पीडक?'

'हामी पीडित कि पीडक?'

मङ्गलबार, २५ साउन २०७३

'म पीडक कि पीडित?' सशस्त्र द्वन्द्वकालमा माओवादीको निशानामा परेर 'कुँजो' बनेका पूर्वप्रहरी निरीक्षक नवराज श्रेष्ठ उत्तरको खोजीमा छन्। 'म पीडकै हो भने पनि खुलाइदिनुपर्‍यो,' उनले थपे, 'हैन भने पीडित होस् भनिदिनुपर्‍यो।'