प्रहरी गोलीले तीनको मृत्यु

प्रहरी गोलीले तीनको मृत्यु

मङ्गलबार, २४ फागुन २०७३

प्रमुख विपक्षी नेकपा एमालेको शनिबारबाट जारी मेची–महाकाली अभियान क्रममा मंगलबार सप्तरीको मलेठ गाविसमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरी गोलीले अन्य दर्जनभन्दा बढी घाइते छन्।

भोट खसाल्ने प्रतीक्षा

भोट खसाल्ने प्रतीक्षा

शनिबार, २१ फागुन २०७३

निर्वाचन मिति घोषणाले एकातिर सर्वसाधारणलाई उत्साहित बनाएको छ भने अर्कोतिर उम्मेदवारमा पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ताले पनि सताएको छ।

'चिहान’ माथि उत्रिएको खुसी

'चिहान’ माथि उत्रिएको खुसी

सोमबार, ०२ फागुन २०७३

कालिकोट, कोटबाडाका मानबहादुर बिष्टलाई 'चिहान’माथि जहाज उत्रिएला भन्ने कहिल्यै लागेको थिएन। सशस्त्र द्वन्द्वको बेला डेढ दशकअघि १७ कामदारसहित ३५ सर्वसाधारणको ज्यान गएको निर्माणाधीन सुनथराली विमानस्थल उनको मानसपटलमा विमानस्थल नभई सामूहिक चिहानको रुपमा बसेको थियो।

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

आइतबार, ०१ फागुन २०७३

सेती नदी किनारको गाउँ बैतडीको ढुंगाडमा शनिबार ठूलो भिड थियो। जहाँ डोटी, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाको प्रभावित क्षेत्रका बासिन्दा जम्मा भएका थिए। उनीहरु उर्जामन्त्री जनार्दन शर्माको प्रतिक्षामा थिए।

पश्चिमी पहाडमा भारी हिमपात

पश्चिमी पहाडमा भारी हिमपात

शनिबार, १५ माघ २०७३

मौसममा परिवर्तन आएसँगै पश्चिमी उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ। कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध भएको छ।

प्रोत्साहन भत्ता कागजमै

प्रोत्साहन भत्ता कागजमै

शनिबार, १५ माघ २०७३

खजुराखुर्द, छतरपुरकी कमला बुढाथोकी पुस २ मा नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा सुत्केरी भइन्। आमा सुरक्षा कार्यक्रमअनुसार उनले ५ सय रुपैयाँ यातायात खर्च र नियमित गर्भ परीक्षणबापत ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनुपर्ने हो।

कर्णालीमा यो वर्षकै भारी हिमपात

कर्णालीमा यो वर्षकै भारी हिमपात

शुक्रबार, १४ माघ २०७३

जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

'उन्मुक्तिले' बढाउँदै छ क्रुरता

'उन्मुक्तिले' बढाउँदै छ क्रुरता

मङ्गलबार, ११ माघ २०७३

रिहाना ढपालीको धपक्क बलेको अनुहार हेर्दा लाग्छ– उनको जीवनबाट दुःख 'दूर' भइसक्यो। त्यही सुन्दर अनुहारभित्र लुकेको पीडाको घाउ भने आलै छ। साढे दुई वर्षअघिको घटना सम्झँदा उनको अनुहारमा एकाएक तुवाँलो ढाक्छ। जिउँदै जलाउन खोज्ने पति गाउँमा स्वतन्त्र हिँडडुल गरिरहेको देख्दा मनमा झन् आक्रोशको ज्वाला दन्किन्छ।

'अभिभावकसँग शुल्क असुली बाध्यता'

'अभिभावकसँग शुल्क असुली बाध्यता'

मङ्गलबार, ०४ माघ २०७३

घोराही– ३ स्थित रात्रि प्रावि 'क्वाडी'ले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा थप शिक्षक चाहिएपछि विद्यालयले निजी स्रोतमा दुई शिक्षक नियुक्ति गर्‍यो।

बाटोमै हराउँछ दुर्गमको औषधि

बाटोमै हराउँछ दुर्गमको औषधि

बिहिबार, २८ पुष २०७३

सरकारले विपन्न जनताको उपचारमा सहज होस् भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरे पनि बीच बाटामै गायब हुने गरेको पाइएको छ। औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा  चर्को मूल्य तिर्न बाध्य छन्।

मिलापले लम्किँदै मधेस

मिलापले लम्किँदै मधेस

मङ्गलबार, २६ पुष २०७३

अढाई दशकअघि मिर्चैया–कटारी सडक निर्माण पूरा भएपछि सिरहा, मिर्चैयामा विकासको लहर सुरु भयो। उदयपुर, सिन्धुली, खोटाङलगायत पहाडी समुदायको बाहुल्य रहेका ठाउँका मानिस त्यहाँ झर्न थाले। सिरहा तथा धनुषाका 'देहात'का मानिसले पनि बसोबासका लागि त्यही क्षेत्र रोजे।

दलीय अखडा बन्दै विद्यालय

आइतबार, २४ पुष २०७३

दाङ रामपुरस्थित गंगा उच्च माविले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लक्षित गर्दै १ पुसमा सात सय ५९ अभिभावकको नामावली प्रकाशन गर्‍यो। उक्त संख्याप्रति असन्तुष्टि जनाउँदै पुस ११ गते विद्यालयमा एउटा पत्र पुग्यो।

बाह्रैमास हात्ती आक्रमणको त्रास

बाह्रैमास हात्ती आक्रमणको त्रास

आइतबार, २४ पुष २०७३

मनाउँ गाविसका खगेन्द्र गौतमले विद्यालय र आफन्तको पक्की घरमा शरण लिन थालेको एक साता भयो। सुनसान घरमा चोरी हुने त्रासले रात काट्न मुस्किल भए पनि उनी राति विद्यालय वा आफन्तकहाँ सुत्न जानु बाध्यता हो। ज्यान जोगाउन घर छाड्नुपर्ने बाध्यता उनलाई छ।

२७ मुक्त कमलरी बेखबर

२७ मुक्त कमलरी बेखबर

शुक्रबार, ०१ पुष २०७३

घरमा हातमुख जोर्न मुस्किल परेपछि घोराही-२, क्वाडीका चुतरबिज चौधरीले १० वर्षीया छोरी शर्मिलालाई 'कमलरी' पठाउने सोचे। यही क्रममा उनका एक आफन्तले राजधानीस्थित एक नर्सको घरमा 'कमलरी' चाहिएको बताए।

गाँस खोस्दै बबई सिँचाइ

गाँस खोस्दै बबई सिँचाइ

बिहिबार, ३० मङि्सर २०७३

खेतमा उमि्रएका गहुँका बोट पानी नपाएर ओइलाउँदै जाँदा दानबहादुर थारूको परिवारमाथि चिन्ताको बादल मडारिइरहेको छ। केही दिन यस्तै अवस्था रहे गहुँबाली सुक्ने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

आइतबार, १९ मङि्सर २०७३

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

शुक्रबार, १७ मङि्सर २०७३

सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्।

पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा

पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा

शुक्रबार, १७ मङि्सर २०७३

चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारीसहित २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो।

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

सोमबार, १३ मङि्सर २०७३

चन्दननाथ नगरपालिकास्थित चन्दननाथ मन्दिरबाट दत्तात्रयसहित २८ मूर्ति चोरी भएको छ। आइतबार राति १ बजे मन्दिरपछाडिको ढोका फोरेर महँगा र महत्वपूर्ण देवीदेवताका मूर्ति चोरिएका मन्दिरका पुजारीले बताएका छन् । चोरिएका धेरै मूर्ति हजार वर्षभन्दा पुराना भनिएको छ।

उपचार नपाएरै ज्यान जान्छ दुर्गममा

उपचार नपाएरै ज्यान जान्छ दुर्गममा

शनिबार, ०४ मङि्सर २०७३

थप उपचारका लागि चिकित्सकले विदेश लग्नुपर्ने बताएपछि परिवारले खर्च जुटाउन सकेन। अन्ततः दुई महिनाअघि जुम्लाकी १९ वर्षीया सन्ध्या शाहीले क्यान्सरसँग हारिन्, उनको मृत्यु भयो।