सद्दे छैनन् झापाका सडक

सद्दे छैनन् झापाका सडक

शुक्रबार, ०७ साउन २०७३

झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

केसीका पक्षमा जाग्यो मोफसल

केसीका पक्षमा जाग्यो मोफसल

शुक्रबार, ०७ साउन २०७३

चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १२ दिनदेखि त्रिवि, शिक्षण अस्पताल, काठमाडौंमा अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार पनि भरतपुरमा मैनबत्ती प्रज्वलनसँगै प्रदर्शन गरिएको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन प्रदर्शन गरिएको हो।

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

आइतबार, ०२ साउन २०७३

कोसी अञ्चल अस्पतालको इमेर्जेन्सी गेटछेउको काठको कुर्सी। सुरक्षा गार्ड बस्न राखिएको कुर्सीमा काखमा बच्चा बोकेर बसेकी एउटी आमा रोइरहेकी थिइन्। बच्चा पनि ‘पेट दुख्यो’ भन्दै रोइरहेका थिए। हातमा एक्स–रे बोकेकी महिला घरि छोराको अनुहार हेर्थिन् भने घरि आँचलले आखाँबाट बगिरहेको आँसु पुछ्थिन्।

सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी

सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी

आइतबार, ०२ साउन २०७३

५० हजार रुपैयाँमा प्रतितोला काँचो सुन ल्याइदिने लोभमा २० लाख रुपैयाँ ठगेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी–२ मा सुनचाँदी कारोबार गर्ने डम्बर विश्वकर्मासित २० लाख रुपैयाँ ठगेका झापा शर्णामति–५ का धनपति भट्टराईलाई पक्राउ गरिएको हो।

हात-लेगार्डमा हेलमेट!

आइतबार, ०२ साउन २०७३

जिल्लाको रानीगाउँको तिङ्देन चोकछेउमा यासोकबाट आउँदै गरेको प्रहरीको गाडीसँग क्रस गर्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई झन्डै डिलमुनि झर्‍यो। बाटो साघुँरो भएर वा अन्य कुनै कारणले त्यस्तो भएको हैन।

सहरको फोहोर सडकमा

सहरको फोहोर सडकमा

बिहिबार, ३० असार २०७३

सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

'तमोरको ताल तत्काल फुट्दैन'

'तमोरको ताल तत्काल फुट्दैन'

बिहिबार, ३० असार २०७३

तमोर नदी थुनिएर सावादिन गाविसमा बनेको ताल तत्काल फुुट्ने खतरा नरहेको स्थानीय अध्ययन टोलीले निष्कर्ष निकालेको छ। टोलीले हालकै अवस्थामा ताल फुट्ने खतरा नरहेकाले तमोर नदी किनारका बस्तीका बासिन्दालाई भयमुक्त तर सतर्क भनेको छ।

बिपीमा ओपन हर्ट सर्जरी

बिपीमा ओपन हर्ट सर्जरी

बिहिबार, ३० असार २०७३

मुटु रोगको उपचार गराउन राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपन हर्ट सर्जरी सुरु भएको छ। महिनादिनको अवधिमा यहाँ ११ जना मुटु रोगीको सफल शल्यक्रिया भइसकेको छ।

विपन्नको आफ्नै बैंक

बिहिबार, ३० असार २०७३

मोरङ सोरभाग–२ कि समु खातुन तरकारी व्यापार गर्छिन्। कर्सिया बजारमा तरकारी बेचेर उनले राम्रो आम्दानी गर्न थालेकी छन्। केही वर्ष पहिलेसम्म घरधन्दामै सीमित हुने समु यतिबेला व्यवसायी  भएकी छन्।

भानुको पाउमा प्रणव

भानुको पाउमा प्रणव

बिहिबार, ३० असार २०७३

'एक दिन नारद जी सत्यलोक पुगिगया लोकको गरूँ हित भनी ब्रह्मा तहीं थिया पर्‍या चरणमा खोजी गराया पनि' कुनै बेला आदिकवि भानुभक्त आचार्यका कविता त कुनै बेला नेपाली राष्ट्रिय गीत घन्किरहँदा लाग्थ्यो– यहाँको चौरस्ता चोक भारत नभएर नेपालकै भूमि हो।

भानुजयन्तीमा प्रणव मुखर्जी दार्जिलिङ आउँदै

भानुजयन्तीमा प्रणव मुखर्जी दार्जिलिङ आउँदै

मङ्गलबार, २८ असार २०७३

नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २औं भानुजयन्ती मनाइँदै छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड उक्लँदै छन्।

१५ करोड फ्रिज हुने सम्भावना

शुक्रबार, १७ असार २०७३

धिकतर सरकारी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन नियाल्यो भने योजना सम्पन्न नहुुनुुको मुुख्य कारणका रूपमा ‘बजेटको अभाव’लाई विश्लेषण गरिएको हुुन्छ । तर, पहाडी जिल्ला ताप्लेजुुङले यो आर्थिक वर्ष पनि १५ करोडभन्दा बढी बजेट खर्च गर्न नसकेर सरकारको केन्द्रीय खातामा फिर्ता गर्ने स्थिति देखिएको छ ।

नक्कली मदिरा छ्यापछ्याप्ती

बिहिबार, १६ असार २०७३

तपाइँ कत्तिको पियक्कड हुनुहुन्छ? बजारमा चलेको र स्थापित  ब्रान्डको रक्सी पिएर आनन्द मानिरहनुभएको छ भने होसियार रहनुस्, तपाइँले चुस्की लिइरहेको मदिरा नक्कली पनि हुनसक्छ।

केन्द्रीय प्रसारणको बिजुली भदौमा

बिहिबार, १६ असार २०७३

नेपाल विद्युत् प्राधिकरणले ‘फास्ट ट्र्याक’ विधि अपनाएर भदौ पहिलो साताभित्र सदरमुकाम फुङलिङमा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गर्ने तयारी गरेको छ। यहाँस्थित ताप्लेजुुङ विद्युत् उपभोक्ता संस्था र युवा दबाब समूहलाई स्थानीय तहमा गर्नुपर्ने कामको जिम्मेवारी तोक्दै प्राधिकरणले यसको अगुुवाई गरेको हो।

धान रोप्ने क्षेत्र बर्सेनि घट्दै

बुधबार, १५ असार २०७३

ताप्लेजुङ–‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला बनाइ कुलो लगाइ पानी आएर गोडौंला...’

बाढी आउँदा ढुंगा टिप्नेको लर्को

बाढी आउँदा ढुंगा टिप्नेको लर्को

बुधबार, १५ असार २०७३

ठूलो वर्षा हुन थालेपछि धरानको सर्दु खोला उर्लिएर आउँछ । त्यतिबेला धरान–११ सगरमाथा बस्तीका ६६ वर्षे चन्द्रबहादुर बिकको बेचैनी बढ्छ । वर्षा बिस्तारै कम भएपछि उनी सर्दु खोलातिर दौडिन्छन् । चन्द्रबहादुर बेचैन हुनु र हत्तारिँदै दौडनु सर्दु खोलाले घर र बस्तीलाई क्षति गर्छ भन्ने चिन्ताले भने होइन ।

एनजिअाेले छाेडेकी वृद्धाको बिजाेक

एनजिअाेले छाेडेकी वृद्धाको बिजाेक

मङ्गलबार, १४ असार २०७३

विराटनगरको विराटेश्वर वृद्धाश्रमको पछाडि रहेको बारीमा एक वृद्धा अति दयनीय अवस्थामा बस्न बाध्य छिन्। आश्रमकै पछाडिपट्टिकाे छाप्राेमा उनले अाश्रय लिँदै अाएकी छिन्। यहाँ उनी बस्न थालेकाे ४ वर्ष भइसक्याे।

सडकले ल्याएको समृद्धि

मङ्गलबार, १४ असार २०७३

'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो।

विमानस्थलको भेलले गाउँ जोखिममा

मङ्गलबार, १४ असार २०७३

जब आकाशमा कालो बादल मडारिन थाल्छ, इलाम नगरपालिका–५ की रनमाया तामाङको मुटुले ठाउँ छोडिहाल्छ। भेल आएर कतिबेला घरसँगै बगाएर लैजाला भनेर पिरोलिन्छिन् र बाल–बच्चा, घर–परिवारलाई सचेत गराउँछिन् उनी। भेलले बगाउने भयले पोहोरको बर्खाका रातहरू पनि अनिदै बिते।

सर्दुमा पुल नहुँदा सास्ती

सर्दुमा पुल नहुँदा सास्ती

आइतबार, १२ असार २०७३

'यो सर्दु खोला हो, धरान र विगतको विष्णुपादुकाबीचको खोला। यो क्षेत्रका सांसद छैनन्? त्यहाँ नागरिक छैनन्? यहाँ आजसम्म एउटा पनि पुल छैन, सेउतीमा गन्न नसक्नेगरी पुल बनेको बन्यै छ,' धरान–८ का पुण्यबहादुर राईले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्। बाढी आएको सर्दु खोलामा मुस्किलले मोटरसाइकल तार्दै गरेको फोटोसमेत पनि उनले पोस्ट गरे।