Friday 7 Kartik, 2071 |
Menu

ब्लग

'झुर' फिल्मको 'सुपरहिट' कमाई

(0 votes)
बलिउड फिल्म चेन्नई एक्सप्रेस रिलिज लगत्तै समीक्षाहरु पढ्न लायक थिए। सीमित मिडियाबाहेक धेरैले यसलाई 'झुर' फिल्मको दर्जामा राखे। ठूला ब्यानरमा फिल्म बनेलगत्तै पाँचमा चार तारा दिने समीक्षकहरुबाहेक सबैलाई यसलाई एउटै टोकरीमा फ्याँके। समीक्षकको आलोचना जति कडा थियो यो फिल्मको व्यापारिक 'रिपोर्ट' उत्तिकै कडारुपमा आउनेक्रम सुरु भयो।
ऋषिकेश दाहाल

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहाल नागरिक दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। हाल उनी www.nagariknews.com मा कार्यरत छन्। उनलाई Twitter मा www.twitter.com/rishikeshdahal र Facebook मा www.facebook.com/rishug भेट्न सकिन्छ।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
दक्षिण भारतीय 'टोन', बलिउडमा राज गरिरहेका शाहरुख खान र बलिउडमा १०० करोड कमाउने सबैभन्दा धेरै फिल्म निर्देशन गरेका रोहित सेट्टीले फिल्मको 'हाइप' निक्कै बढाएका थिए। भारतीय महाद्वीपमा ठूलो प्रभाव पार्ने टेलिभिजनहरुका तरङ्गमा 'कोभर्ट एड' दुई साताभन्दा धेरै समय तरङ्गित भए। ती तरङ्ग 'रिब्रोडकास्ट' कायम रहे, पटक पटक। फलत: फिल्मले सबैखाले रेकर्डलाई भारतकै उत्तराञ्चलमा बाढीले जसरी बगायो त्यसरी नै धुमिल बनायो। समीक्षकहरु 'फेल' भए फिल्म 'पास'।

सामान्यतया समीक्षकहरु समाचार कक्षमा खारिएका पत्रकार हुने गर्छन जसले फरक – फरक दृष्टिकोणबाट सिनेमा 'पढ्छन' । त्यसको प्राविधिकदेखि अन्तर्वस्तुसम्म केलाउँछन् र आफ्नो अनुभवसँग जोडेर तुलना गर्छन। कहीलेकाँही समीक्षकहरु नबहकिने होइनन्। तर, तुलनात्मकरुपमा समीक्षकहरु वस्तुनिष्ट हुनुपर्ने 'धर्म' कायम राख्न पनि सन्तुलित हुने प्रयास गर्छन्। जसले समीक्षा पढ्न योग्य सामाग्री हुने गर्छ। यो सन्दर्भ 'पेड रिभ्यू' मा लागू हुन्न।

समीक्षकहरु पास हुँदा फिल्म फेल हुने र फिल्म पास हुँदा समीक्षक फेल हुने परम्परा भने गजवकै छ। जव जव समीक्षकहरु फिल्म असाध्यै राम्रो भनेर चर्चा गर्छन् फिल्म ओरालो लाग्न थाल्छ। अनि फिल्म 'झुर' भनेर टिप्पणी गर्दा फिल्म 'बुलिस ट्रेन्ड'मा उकालिन्छ।

नेपालकै सन्दर्भ लिउँ न : पछिल्ला समय नेपाली फिल्म क्षेत्रमा उदाएका केही राम्रा फिल्महरु आम्दानीका आधारमा कमजोर इतिहास बनाएर ढले। साँघुरो, उमा, धन्दा, सुनगाभा नेपाली फिल्मी छितिजमा केही उदयमान फिल्म थिए। समीक्षकले यी फिल्मको राम्रा पाटालाई उजागर पनि राम्रैसँग गरे। तर, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म पनि लामो समय टिक्न असफल रहे।

यो सबै अवस्था हेर्दा पछिल्लो समय फिल्म विषयवस्तुभन्दा पनि बजारिकरणको प्रभावमा चल्न थालेको छ भन्ने प्रस्ट हुन्छ। अन्तर्वस्तुका आधारमा राम्रो भन्दा बजारका हिसाबले टिक्ने र प्रचार नै फिल्म चल्ने आधार बनेका छन्। त्यसैले हुनुपर्छ समीक्षक दीपेन्द्र लामाले पटक पटक 'दिमाग घरमै राखेर फिल्म हेर्नु' भन्ने सुझाव दिने गर्छन्। दीपेन्द्रको यो व्यङ्ग्यले फिल्मी ट्रेन्डलाई गतिलै झापड दिने गर्छ।

फिल्मको कलापक्ष कमजोर र व्यापार पक्ष हावी भएकै कारण बलिउड फिल्म उद्योग १०० करोड क्लबबाट १५० करोड क्लबमा उक्लिएको छ। यही क्रम जारी हुने हो भने २०० करोड क्लब र त्यो भन्दा माथिका क्लबहरु बन्न थाल्नेछन्। अंकको होडमा कला कमजोर हुन थाल्ने क्रम सुरु भइसकेको छ। जवकी भारतीय फिल्म उद्योग त्यही हो जसले पश्चिेमा फिल्मको प्रभाव रोक्न कन्ट्राफ्लो सिद्धान्त अनुसरण गर्दै कला पक्ष हावी भएका फिल्महरु बनाउथ्यो।

यतिमात्र होइन, फिल्मको बजेट आकार यसरी बढेको छ कि दर्शकको टिकटले त्यो उठ्न सक्ने स्थिति छैन। त्यसैले फिल्म बनाउनेहरु कलापक्षमा भन्दा पनि भूमिगत विज्ञापन 'कोभर्ट एड' कसरी ल्याउने भन्नेतिर बढी सक्रिय हुन थालेका छन्। झन्डु बाम... होस् या फेबिकोल... जस्ता बान्ड नै किन नहुन्। या कुनै ठूला कम्पनीका उत्पादन। फिल्म एउटा गतिलो आधार भएको छ, प्रचारको । र, फिल्मको कमाइको आधारमा पनि। यही व्यापारिकरणको प्रभावले 'कला' भन्दा 'धन' हावी हुँदै गएको छ। बजारिकरणको प्रभावले समीक्षाहरु 'फ्लप' हुँदै गएका छन्।

यही सन्दर्भमा केही प्राज्ञहरुसँग यस्तै छलफल गर्दै थिएँ। चेन्नई एक्सप्रेसको टेलिभिजन प्रोमो र रियालिटी सोमा आएका प्रचार नहेरेका प्राज्ञ कोही थिएनन्। राजनीतिशास्त्रदेखि, गणित, नेपालीदेखि इकोनोमिक्ससम्मका प्राज्ञहरु कसैले पनि फिल्म राम्रो होला भन्ने अपेक्षा राखेको देखिन। तर, ती सबै चेन्नइ एक्सप्रेस हेर्ने 'मुड'मा देखिए। कारण के त? उत्तर यस्तो पाएँ : यत्रो चर्चा र पैसा कमाएको हल्ला आयो कि के रहेछ भनेर पनि हेर्नै पर्‍यो नि !