8 Kartik, 2071 |
Menu

ब्लग

अनलाइनको कखरा फेरि...

(2 votes)
नागरिकन्युजको पछिल्लो डिजाइन तयार भएर अन एअर भएपछिमात्रै गल्तीहरुको चाङ थुप्रिएको थाहा भयो। करेक्सनका लागि उमेशले डिजाइनरलाई लघारिरहेको थियो। यसो भयो, उसो भएन, फोटो मिलेन, ठाउँ खाली गयो, नाम देखिएन, पोस्ट गर्नासाथ आएन आदि। उमेशसँग यो भिडन्तमा अनलाइन टिम लागिरहेको थियो। फोटो कसरी राख्‍ने, टेक्स्ट कसरी मिलाउने, विचारको अपडेट र समाचर कसरी बर्गीकरण गर्ने आदि इत्यादिले सबैलाई सक्रिय बनाइरह्यो। डिजाइनरहरु पनि भिडिरहे। यता गरे उता मिल्दैन, उता गरे यता मिल्दैन। अन एयर भयो। अन एयर भएकैमा खुशी हुनु स्वभाविक थियो, सँगै दु:खी पनि गरायो।
४ वर्षअघिको टेम्प्लेटमा काम गरिरहेका हामी वैशाख ११ देखि नयाँ डिजाइनमा छिर्र्यौं । नयाँ डिजाइनमा जानु भनेको फेरि कखरा सिक्नु हो। र, यतिखेर १२ वर्षे लामो पत्रकारिताको अनुभवपछि फेरि कखरा सिकिरहेको छु। र, यतिखेर केही जानेको छु भन्ने भ्रम फेरि एकपटक तोडिरहेको छु। अनलाइन टिमका उमेश मभन्दा अघिका पत्रकार र अनलाइन पत्रकारिताका सुरुवाती दिनका हस्ती। उनी पनि सिक्दैछन्, कखग....।
ऋषिकेश दाहाल

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहाल नागरिक दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। हाल उनी www.nagariknews.com मा कार्यरत छन्। उनलाई Twitter मा www.twitter.com/rishikeshdahal र Facebook मा www.facebook.com/rishug भेट्न सकिन्छ।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

छापा पत्रकारिता गर्दा एक पटक जानेपछि त्यसलाई पालन गरेर अपडेट हुनु, समाचार लेख्‍नु र सम्पादनका लागि पठाइदिनु, अथवा आएका समाचार कपी एडिट गर्नु र डिजाइतिर धकेल्दिनु स्वभाविक प्रकृया थियो। त्यही अनुभवबाट अनलाइनतिर आइपुग्दा धेरैखाले अनुभव हासिल भयो। सिकियो पनि। लाग्थ्यो - अब जानियो।

४ वर्षअघिको टेम्प्लेटमा काम गरिरहेका हामी वैशाख ११ देखि नयाँ डिजाइनमा छिर्र्यौं । नयाँ डिजाइनमा जानु भनेको फेरि कखरा सिक्नु हो। र, यतिखेर १२ वर्षे लामो पत्रकारिताको अनुभवपछि फेरि कखरा सिकिरहेको छु। र, यतिखेर केही जानेको छु भन्ने भ्रम फेरि एकपटक तोडिरहेको छु। अनलाइन टिमका उमेश मभन्दा अघिका पत्रकार र अनलाइन पत्रकारिताका सुरुवाती दिनका हस्ती। उनी पनि सिक्दैछन्, कखग....।

पत्रकारिता आफैंमा एउटा सिकाइ हो। हरेक दिन एक नयाँ खबर। पत्रिकामा रहँदै पनि समाचार लेखेपछि त्यसको अस्तित्व सकिन्थ्यो जबकि भोलिपल्टमात्रै त्यो छापिन्थ्यो। समाचार फाइल गरेपछि नयाँ समाचारका लागि सोच बनाइहाल्नुपर्ने भएकाले यो पेशामा सधैंभर ताजा रहनुपर्ने बाध्यता नै हो। अनलाइनमा त्यो बाध्यतामा थप ऊर्जा र ताजापन पनि चाहिने भयो। न्यू मिडिया नामैले नयाँ। त्यसमा नयाँपनको खोजी गर्नु जिम्मेवारी पनि हो। त्यही जिम्मेवारी बहन गर्दा गर्दै खुबै जाने भन्ने भ्रमहरुको भवन बनिरहेको थियो। र ती भवनको उचाइ लगातार माथितिर राखिरहेको थियो।

नयाँ भर्सनमा पनि जान्ने नै हुँ भनेर लागिरहँदा पोर्टल रिफ्रेस भयो। ओहो ! शीर्ष समाचारमध्ये एउटा त खाली भएछ। राजाले संकटकाल लगाएपछिको हिमाल खबरपत्रिका यस्तै छापिएथ्यो। सेन्सर भएका समाचारको ठाउँमा भ्वाँङ। तर, यहाँ सेन्सर थिएन। लौ बर्बाद।

'एउटा न्यूज त हरायो यार,' टेलिफोनमा सुनाएँ। लक्ष्मणले जवाफ दियो, 'मेन न्यूज त अब अर्कै तरिकाले राख्‍नु पर्छ,' तीन दिनदेखि गरेको अभ्यास त साथीले एकैछिनमा फेर्देछन्। उनको निर्देशनअनुसार फेरि मैले गरेँ। अहो ! अब चै खुल्यो। सुहायो पनि चिटिक्क।

११ गते साँझ नै अनलाइनमा समस्याहरु आइलागेको ट्विट गरेँ – अहिले पो देखिन थाल्यो गल्तीहरु। @nagarikdaily http://www.nagariknews.com मा देखिएका त्रुटि क्रमश सुधार्दै लगिन्छ अब। लन्चिनै पो ट्याम लाग्यो त।

बुझ्नेहरुले त्यसलाई कसरी सहजै लिने रहेछन् करुण थापाको प्रतिक्रियाबाट जानियो। प्रविधि विज्ञ करुण थापाले सहजै रिप्लाई गर्नुभयो - @rishikeshdahal @nagarikdaily लन्चिन त टाईम लागिहाल्छ र १ महिना जति त यता मिलेन उता मिलेन भन्दै मिलाउँदै टाइम लाग्छ अनि सेट हुँदै जान्छ।

अनलाइनको यो अभ्यास अब यो विधाको पत्रकारिता नछाडेसम्म जारी हुनेछ। सिस्टम अपडेट पनि समयअनुसार गर्नु बाध्यता नै हो। र, त्यहीबाट फेरि कखराको थालनी गर्नुछ। सिक्नुछ। जानेको छु भन्ने भ्रमहरु तोड्नुछ। र स्वीकार्नुछ नयाँ रुप।