×

Warning

JUser: :_load: Unable to load user with ID: 895

JFile: :read: Unable to open file: /var/www/html/components/com_k2/js/k2.js?v2.6.7&sitepath=/

Wednesday 7 Shrawn, 2071 |
Menu

ब्लग

राति ढलभित्र छिर्दा...

  • आइतबार ५ जेष्ठ, २०७०
  • DISQUS_COMMENTS
(0 votes)
घडीले रातको ८ बजाएको छ। विस्तारै अध्याँरो बढ्दै छ। पूर्व-पश्चिम महेन्द्र हाइवेमा सवारीसाधन पातलिन थालिसकेको छ। प्रसंग वैशाख ३० गतेको हो। हामी ठ्याक्कै नवलपरासीको गैडाकोटबाट नारायणगढ बजार जाने तरखरमा थियौं। गर्मीले गर्दा शरीरबाट कुलकुल पसिना बगिरहेको थियो । म सँगै साथीहरु सुमन, अर्चना, खड्ग हिँडेरै हामी बस्ने शहीद चोक नजिकैको होटलसम्म जाँदै थियौं| मलाई थाहा थियो नारायणी पुलमा बेल्का भएसी मज्जको हावा चल्छ र शीतल हुन्छ।

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

शीतल खाने बहानामा नै कैयौं जोडी यही पुलको साइडमा बसेर मायाप्रेम साटिरहेका पनि भेटिन्छन् बेलुकीपख। घरबाट हावा खाने बहान बनाएर निस्केर मायाप्रेममा लिन हुने धेरै युवकयुवती देखिन्छन् पुलमा। हामी पनि यही चिसो हावा खाने रहरले लखरलखर आधा घण्टा हिँड्ने रहर गर्दै थियौं।

हावा खाने दाउले साथी भवानीश्वरको बिहेको गाडीलाई विदा गरेर पुलको बाटो लग्यौं। नेपालमा दिन प्रतिदिन लोसेडिङ बढ्दो छ। त्यो दिन ८ बजे नारायणगढ बजारमा बत्ति जाने पालोले गर्दा पूरै अध्यारो थियो। नारायणी पुलमा विस्तारै हामी गफिँदै थियौं। कहिले साथीको बिहेको चर्चा त कहिले आफ्नै दामलीका गफ। 
हामी हावामा कावा खाँदै अघि बढिरेहेका थियौं। विपरित दिशाबाट आएका गाडीका हेडलाइटले आँखै खान्थे। तै पनि आँखा चिम्सा पार्दै हामी चिसो हावा खान पाएकोमा मस्त थियौं। साथीहरु यहाँबाट गएपछि होटलमा बसेर भवानीको विहेलाई थप रमाइलो बनाउने दाउमा थिए।
म सबैभन्दा अगाडि थिएँ। अरु साथीहरु पछिपछि। हाम्रो गन्तव्य शहीदचोकबाट केही पश्चिममा रहेको होटलसम्म थियो। रात छिप्पिँदै गएकोले नारायणघाटका पसलहरु पूरै बन्द भइसकेका थिए। मानिसहरुको चहलपहल कम हुँदै थियो। तर ग्राहक आउने आशाले होटलका च्यानल गेट चाहिँ खुल्लै थियो। 
म आफ्नै सुरमा हातमा क्यामरा र फोन बोकेर हिँड्दै थिएँ। सडकबाट हिँड्न असुरक्षित हुन्छ भनेर हामी सडक पेटीबाटै अगाडि बढिरहेका थियौं।
'लौ साथीहरु अब धेरै छैन है हामी होटलमा पुग्न,' भन्दै थिएँ। सडकपेटीमा बनाइएको ढल माथि राखिएको स्ल्याव नै स्ल्याव माथि हिँडिरहेका थियौं हामी।
यत्तिकैमा एक्कासीमा अंग्रेजी फिल्ममा भूतले ढलको प्वालबाट हात छिराएर मान्छे ताने जस्तै गरी म स्वाट्ट ढलमा खस्न पुगेँ। 
के भयो पत्तै पाइनँ मैले। हत्तपत्त साथीहरु आइपुगे। 'लौ के भयो कतै चोट लागेन ?,'सुमनले सोध्यो। साथीहरुले उठाए । विस्तारै उठेँ। लल्याकलुलुक भएको । के भयो भन्ने मलाई नै थाहा थिएन।

लडेर उठेपछि मैले पछाडि हेरेको त पछिपछि आएको अरु २ जनाको पनि एउटा खुट्टा ढल भित्र छिरिसकेका रहेछन्। धन्न उनीहरु चाहिँ ढलभित्र खस्न पाएनन्।
घुँडा मज्जाले बज्रिएको थियो। कुइनो दुखिरहेको थियो र छातीमा हल्का गाह्रो भएको थियो। मलाई बढी भएको छ भनु भने साथीहरु आत्तालिएलान् भनेर आफूलाई खासै कतै केही नभएको बताएँ । अनि खोच्याउँदै होटलतिर अघि बढेँ।
मलाई मेरो भन्दा मलाई क्यामराको डर थियो। लडेपछि पहिले मैले क्यामरा हेरेँ केही भएको रहेनछ। धन्न पाइन्ट च्यातिएको रहेनछ। अनि आइफोन पनि सकुशल। ढक्क फूलेको मन शान्त भयो। केही समय अघि मैले यस्तै गरेर एकजना साथीको क्यामरा विगारिदिएको थिएँ।
होटल पुगेपछि मलाई केही गाह्रो भयो। घुँडा दुख्न थाल्यो। साथीहरुलाई भने, 'अलि गाह्रो भयो पेन किलर खानु पर्‍यो वा मुभ लगाउनु पर्यो ल्याइदेउ न।' रात छिप्पेकोले नजिकै मेडिकल नभेटेपछि म औषाधोपचार नगरी होटलमै बसेँ।
होटलमा बसेपछि हेरेको त घुँडा भुक्क सुन्निएको रहेछ। छाति हल्का दुखेको थियो। कुइनो पनि दुखेको थियो।
पहिला त भरतपुर नगरपालिकाका कर्मचारीलाई गाली गरेँ। अनि सरकारलाई। किनकी सडकमा सडक वत्ति भएको भए सायद म ढल भित्र छिर्ने थिइनँ होला। ढलको मर्मत तथा सरसफाइ गरिराखिएको भए सायद म खस्ने थिइँन थे होला। 
ढलको स्ल्याव एकपछि अर्को उप्केका रहेछन्। यस्तो ठाउँमा मान्छे नपसेर के पसोस् त?
काठममाडौं आएपछि यस्तै कुरा साथीहरुलाई सुनाउँदा उनीहरु पनि काठमाडौंका ढलमा पसेको बताए। कति साथीको त कम्मरसम्म नालीको फोहर लागेर कालो निलो हुँदै घर गएको समेत घटना सुनाए। अरुको हालत आफ्नैजस्तो भएपछि हासेँ, मुसुक्क। 
तर म र मेरासाथीमात्र होइनन् धेरै यो जोखिमबाट मुक्त छैनन्। स्थानीय निकाय सम्हालेर बसेकाहरुको नाकैमुनिको यस्ता दृष्य हटाउन उनीहरु किन लाग्दैनन्, बुझेको छैन्। स्थानीय राजनीतिमा होमिएका नेताहरु मजसरी नै खसे भने म दु:खी हुनेछैन। हो उनीहरुले पाउने पीडा महशुश गर्न सक्छु तर वेवास्तालाई माया गरौं कसरी?