|
Jun 19
2010
|
एक मच्छडको आत्मकथाPosted by बुद्धिसागर in Untagged |
अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।

बुद्धिसागर - 'हल्ट।' चर्को आवाज आयो। झस्किँदै मैले जेलका डन्डीबाहिर चिहाएँ। यमदुतका बीचमा हात पछाडि मोडेर बाँधिएको बलिष्ठ मानिस उभिएको थियो। उसका शरीरमा हरियो टाटेपाटे लुगा र गोडामा काला बुट थिए। यमदुतले उसका दुवै पाखुरा बेस्मारी च्यापेका थिए। मैले महादेवतिर हेरेँ। उनी त मस्त। आँखा बन्दै थिए। आँखाका ढकनी भने सुस्तरी काँपिरहेका। 'म मेजर उमेशजंग हुँ।' त्यो मानिस झन् चर्को करायो, 'साले कालका छौंडाहरू... मेरा दुईसय केटा लगाइदिए भने तिमेरूको नर्क सखाप हुन्छ।'





