|
Mar 15
2010
|
हाइक एन्ड बाइकPosted by सुरेन्द्र पौडेल in Untagged |
झुल्किँदो घाम केही कठोर भैसकेको छ। हाम्रो गन्तव्य - सुन्दरीजलबाट हिंडेर चिसापानी (१८ किलोमिटर) र भोलीपल्ट साइकलमा चिसापानीबाट सुन्दरीजल (१६ किलोमिटर) सरर। फाल्गुनको तेस्रो हप्ता होलीको एकदिन अगाडि छालारुपी हाम्रा दुईवटा ह्वीलले सुन्दरीजलको उकालोमा विस्तारै गति सम्हाल्दै छन्। उकालो बाटो अनि घामको रापले जाडो बिर्साइदिएको छ। अघिपछि गर्दै लुकामारीको शैलीमा घाम तगारो बन्ने कोशिस गरिरहेको भानहुन्थ्यो। कहिले पुन्पुरो त कहिले गर्धन, निरन्तर हाम्रा निशाना बनिरहेका छन्।






