|
Aug 29
2010
|
भाषा बिगार्ने प्रतिस्पर्धाPosted by रघुनाथ लामिछाने in Untagged |
ध्वनि वा लेख्यचिह्नद्वारा विचार आदानप्रदान गर्ने माध्यम हो भाषा। आफ्ना विचार, धारणा, भनाइ अरूले राम्रोसँग बुझून भन्ने चाहना सबैमा हुन्छ। अपवादबाहेक बुझाउनै वा प्रष्ट्याउनै भाषा प्रयोग गरिन्छ।


बुद्धिसागर—अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो भएर आउँछ, त्यो पनि थाहा पाएँ।
सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी लाएर केही पढिरहेकी थिई। मलाई अघि बढ्नै मन लागेन। भित्तामा छेलिएर उसलाई हेरिरहेँ। थाइकट कपाल। निलो जिन्स पाइन्ट। छातीनेर बुट्टा भएको फिक्का हरियो टिसर्ट। काउन्टरमाथि हल्लिरहेका उसका पैताला नौनीले धोएजस्ता थिए। एकदम कोमल। हिँड्दै नहिँडेर जोगाएजस्ता।

मनोज दाहाल - साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परिरहे पनि रंगिबिरंगी साडी वा कुर्तासुरुवालमा सजिएका महिला हातमा पुजाथाली बोकेर छिचोल्न घन्टौं लाग्ने लाममा हँसिलो अनुहारमा उभिएका थिए। हत्केलामा मेहन्दी र नारीमा हरिया चुरा लगाएर युवतीहरू झन् राम्रा देखिएका थिए। त्यही लाममा मैले उसलाई देखेँ।



