|
Mar 08
2010
|
ज्ञानेन्द्र-खुमबहादुर भेट गराए कालीबाबालेPosted by केशव थोकर in Untagged |

पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथको वनकाली पुगेको थिएँ। म पुग्दा राष्ट्रिय झन्डा र हातमा फूलमाला बोकेको समूह पूर्वराजाको स्वागतका लागि तयार देखिन्थ्यो। सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। पर्खाइको ४५ मिनेटपछि हरियो रंगको प्राडो हुइँकिदै आयो। गाडीमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल थिए।




