क्वालालम्पुर, पुस १६- डिउटी जाँदा भएको सामान्य भनाभनलाई लिएर भएको बङ्गाली र नेपाली कामदारको झडपका क्रममा एक नेपाली श्रमिककको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा, वीरेन्द्रबजार घर भई हाल क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित पावर इलाइट कम्पनीमा कार्यरत् सन्तकुमार यादव छन्।
११ गते बिहान बङ्गाली र नेपालीहरु एउटै बसमा चढेर डिउटी जान लाग्दा झ्याल बन्द गर्ने निहुँमा भनाभन सुरु भएको थियो। डिउटी सुरु गर्ने बेलामा पनि झडप हुन खोजेको थियो तर त्यो त्यत्तिकै साम्य भएको थियो। राति फेरि एक्कासि १ बजेतिर निलाइस्थित होष्टलमा बङ्गालादेशी कामदार लाठी लिएर नेपाली श्रमिकका कोठा-कोठामा पसेर कुट्न थालेका थिए।
कम्पनीमा २५० जनाभन्दा बढी बङ्गालादेशी कामदार कार्यरत् छन् भने नेपाली जम्मा ११० जना मात्र छन्। बङ्गालादेशी र नेपालीको होष्टल भने एउटै छ। झडप भएको समयमा अन्य नेपाली डिउटीमा भएका र होष्टलमा जम्मा ३० जना नेपाली श्रमिकमात्र थिए। करिब १०० जनाको सङ्ख्यामा आएका बङ्गालीले नेपालीका कोठामा छिरेर आक्रमण गरेका थिए। नेपाली श्रमिकले प्रतिकार गर्न खोजे पनि कम सङ्ख्यामा भएको कारण प्रतिकार गर्न सकेका थिएनन्।
होष्टलमा झडप भएको थाहा पाएपछि कम्पनी मालिकहरु त्यहाँ पुगेका थिए। कम्पनी मालिक होष्टलमा पुगेपछि झडपमा परेका नेपालीको खोजी गरिएको थियो। कोही जङ्गलमा लुकेका र कोही बाटोमा विचलित अवस्थामा भेटिएका थिए।
मृतक यादव होष्टलपछाडि नालीमा भेटिएका थिए। अचेत अवस्थामा रहेका उनको नाक, कान र मुखबाट रगत बगिरहेको थियो। घाइतेहरुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखिएका यादवको १३ गते उपचारकै क्रममा निधन भएको हो। यो समाचार तयार पार्दासम्म उनको शव नेपाल पठाउने तयारी भइरहेको छ।
झडपकै क्रममा घाइते भएका ७ नेपाली र ४ बङ्गाली उपचारपश्चात् होष्टल फर्किएका छन्। घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको छ।
यादव ३ वर्षअगाडि फ्युजन मेनपावरमार्फत् मलेसिया आएका हुन।
- कोपिला गौतम

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook