सुरेशकुमार यादव, जनकपुर कात्तिक १४ - अधिकारविहीन उपराष्ट्रपति परमानन्द झालाई आफ्नो घरमा खटिएका सुरक्षाकर्मी हटाउन सरकारसँग आग्रह गरेका छन्। सर्वोच्च अदालतको निर्णयलगत्तै सरकारले उनका सबै सुविधा कटौती गरे पनि घरमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको छैन।
'विशेष सुरक्षा व्यवस्था हटाइए पनि मेरो व्यक्तिगत घरमा अझै अढाई दर्जन सुरक्षाकर्मी छन्, त्यसको बिजुली, पानी र टेलिफोन खर्च मैले नै बेहोर्नु परिरहेको छ,' शनिबार जनकपुरको विद्यापति स्मृति कार्यक्रममा झाले भने, 'सरकारी कोषको तलब, भत्ता र घरभाडा दिन छाडिसकेपछि व्यक्तिगत निवासमा सुरक्षाकर्मी किन खटाउने?'
उनले मुलुकको सरकारी सुरक्षाकर्मीलाई व्यक्तिगत निवासमा राखेर त्यसको खर्च पनि तिर्नुपर्दा टाउको दुखाइ बनेको उनले बताए। प्रधानान्यायाधीश खसवादी चिन्तनले ग्रस्त भएको उनको आरोप थियो। उनले भने, 'मैले मातृभाषामा सपथ लिनुपर्थ्यो भनेर अदालतले कहिले व्याख्या गरेन, अदालतले नेपाली भाषामा किन सपथ लिएन मात्रै भनेकाले त्यस्तो निर्णय मलाई कदापि मान्य छैन।'
झा औपचारिक रुपले पद निष्क्रिय भएको दुई महिनापछि पहिलो पटक राजधानी बाहिर निस्केका हुन्।
प्रतिक्रियाहरू (0)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





