Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

रङ्गशालाको आन्दोलन इनरुवा सर्यो

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमर खड्का, इटहरी कात्तिक १४- सरकारले जग्गा दिने निर्णय गरेपछि क्षेत्रीय रङ्गशालाको माग राखेर इटहरीबासीले स्थगित गरेको आन्दोलन एक दिनपछि नै इनरुवाबासीले सुरु गरेका छन्। यस क्रममा उनीहरुले पूर्व–पश्चिम राजमार्गमा एक घण्टा यातायात बन्द गरी जुलुस प्रदर्शन गरे।
इनरुवामा रङ्गशालाको निर्णय नगरुन्जेल आन्दोलन नरोकिने रङ्गशाला सङ्घर्ष समितिका सदस्य पुरुषोत्तम घिमिरेले बताए। बजेट भाषणमा स्थान नतोकेकै कारण रङ्गशालाको विवाद चुलिएर सुनसरीको धरान, इटहरी र इनरुवाका बासिन्दाले दुई महिनायता दाबी गर्दै आए पनि कहाँ बन्ने भन्ने निर्णयचाहिँ अझै भइसकेको छैन्। दुई दिनअघि मात्र मन्त्रिपरिषदको बैठकले इटहरीमा रङ्गशालाका लागि  जूट अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको साढे सात बिघा जग्गा दिने निर्णय गरेको थियो। जग्गा दिने निर्णय गरेपछि इटहरीबासीले गर्दै आएको आन्दोलन स्थगित गरेका थिए।

यसरी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रष्ट स्थान नतोक्दा र आन्दोलनपछि मात्र निर्णय गर्ने गलत संस्कारले इनरुवाबासीले आकस्मिक आन्दोलन थालेका हुन। 

दुई दशकअघिदेखि नै रङ्गशालाको माग राख्दै  पटक–पटक बनेका सरकारले रङ्गशाला निर्माण गर्ने आश्वासन दिँदै आएकाले यस बर्षको  योजना इनरुवामै हुनुपर्ने सङ्घर्ष समितिका संयोजक रामचन्द्र मेहताले बताए। रङ्गशाला सङ्घर्ष समितिले दबाबका लागि  जागरण कार्यक्रमसँगै अन्य आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। 

इनरुवामा रङ्गशालाका लागि वडा नं. ६ मा नगरपालिकाको स्वामित्वमा रहेको  १२ विघा जग्गा प्रस्ताव गरिएको छ। सो जग्गा रङ्गशाला निर्माण गर्न नगरपालिकाबाट हस्तान्तरण गर्ने प्रकृयामा छ। सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेट भाषणमा क्षेत्रीय रङ्गशाला सुनसरीमा निर्माण गर्ने भने पनि स्थान नतोक्दा धरान, इटहरी र इनरुवाका बासिन्दाले आ–आफनै स्थानमा रङ्गशाला निर्माण हुनुपर्ने दाबी गर्दै आएका छन्। इनरुवा र इटहरीबासीले भन्दा  धरानवासीले आफनै स्थानमा रङ्गशालाको माग गर्दै कूटनीतिक ढङ्गले  पहल गरिरहेका छन्।

यसैबीच,  रङ्गशाला निर्माण गर्ने सङ्केतको रुपमा इटहरीमा शनिबार नै राजनीतिक दलका स्थानीय नेता र सामाजिक संस्थाका प्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( शनिवार, 31 अक्टोबर 2009 16:52 )
onlineversion
Nagarik Offer