काठमाडौं, कात्तिक १४ (नागरिक) - नेपाली कांग्रेसभित्र बिधान संसोधन समितिले बुझाएको मस्यौदामाथिको बिबाद सुल्झिन सकेको छैन। कांग्रेसको महासमितिको बैठक आइतबारदेखि राजाधानीमा सुरु हुनु अगाडि नै विधानको टुङ्गो लगाउन पर्ने भए पनि नेताहरुबीच शनिबारसमेत छलफल जारी छ।
शंसोधित विधानमा पदाधिकारी निर्वाचन गर्ने/नगर्ने विषयमा केन्द्रीय समितिमा विवाद भएको हो। विधान तयारी समितिले पेश गरेको मस्यौदा विधानमा केन्द्रीय पदाधिकारीहरु निर्वाचन मार्फत चुनिने प्रावधान राखिएपछिवैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरुले यस्तो प्रावधान हटाउनुपर्ने सुझाव पेश गर्दै आएका छन्।
बैठकमा कार्यबाहक सभापति सुशील कोइरालाले पार्टी पदाधिकारी सभापतिबाटै मनोनित हनुपर्ने पुरानै व्यवस्था राखिनु पर्नेमा जोड दिएपछि कांग्रेस भित्र अन्यौल उत्पन्न भएको हो। उनले पदाधिकारी निर्वार्चित गर्ने मस्यौदा विधानमा उल्लेख गरिएको प्रावधानले सभापति कमजोर हुने संकेत गर्दै यस्तो प्रावधान हटाउनुपर्ने रायँ व्यक्त गरिरहेका छन्।
बैठकमा सभापति सेरोमोनियल नै हुनुपर्नेमा केही पदाधिकारी तथा केन्द्रीय सदस्यले आबाज उठाएका छन् भने सभापति नै सक्रिय हनुपर्नेमा केहीले जोड दिए।
कांग्रेसमा लामो विवादपछि विधान तयारी समितिले सबै पदाधिकारी र ८० प्रतिशत केन्द्रीय सदस्यको निर्वाचन गर्ने प्रावधान सहितको मस्यौदा विधान केन्द्रीय समितिमा पेश गरेको थियो।
सभापति गिरिजाप्रसाद कोइरालाले पनि पार्टी सभापतिलाई काम गर्न सजिलो बनाउन पदाधिकारीको मनोनित गर्ने अधिकार सभापतिलाई दिनुपर्ने धारणा राख्दै आएका छन्।
केन्द्रीय पदाधिकारीको निर्वाचन गर्दा सभापति कमजोर हुने भन्दै ति केन्द्रीय सदस्यहरुले पदाधिकारीहरु सभापतिले मनोनित गर्न पाउने अधिकार दिनुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्यहरु गोपाल पहाडी, दिलेन्द्र वढु, मिना पाण्डे, आनन्दप्रसाद ढुङगाना, सुसिलमान शेरचन, दिलबहादुर घर्ती, शुक्रराज शर्मा लगायत विहिवारको बैठकमा बोल्ने १० जनाले पदाधिकारीको निर्वाचन गर्न नुहने धारणा राखेका थिए।
केन्द्रीय समितिको शनिबारको बैठकले पनि टुङ्गो लगाउन नसके नयाँ विधान बनाउने जिम्मा पनि महासमितिलाई नै जानेछ।
यसैबीच नेपाली कांग्रेसका युवा नेताहरु महाधिवेसनको तयारीका बिषयमा छलफल गर्न बानेश्वरमा भेला भएका छन्। छलफलमा चन्द्र भण्डारी, गगन थापा ,बिश्वप्रकास शर्मा लगायतका युवा नेताहरु सहभागी छन्। छलफलमा महासमिति बैठकमा युवाहरुको रणनीतिका बिषयमा छलफल गरिरहेका हुन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook