Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

राष्ट्रपति राजापाक्षे फर्किए

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १४ (नागरिक)- श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षे तीन दिने नेपाल भ्रमण सकेर शनिबार बिहान ११ बजे स्वदेश फर्किएका छन्। उनले विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं नेपालको शान्ति प्रक्रिया सफल हुनेमा विश्वास व्यक्त गरे।
'नेपालको राजनीतिक स्थिति अलि नाजुक देखें,' राजापाक्षेले भने,'बुद्ध जन्मेको देशमा शान्तिपूर्ण तरिकाले राजनीतिक समस्याको हल हुनेमा म विश्वस्त छु किन कि मैले भेटेका सबै नेता शान्तिकै पक्षमा देखिए।

त्रिभुनव विमानस्थल वरपरको कमजोर 'भिजिबिलिटी' ले गर्दा श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षे निर्धारित समय शनिबार बिहान साँढे ९ बजे स्वदेश फर्कन सकेका थिएनन्।

उनलाई लिन आउने विशेष विमान आउनमा ढिलाई भएको थियो। श्रीलंकाले आउँदो डिसेम्बरदेखि काठमाडौं सिधा हवाई उडान पनि गर्दैछ। त्यसपछि नेपालमा विशेषगरी श्रीलंकाली धार्मिक पर्यटक बढ्ने अपेक्षा नेपाल सरकारले गरेको छ।

दुई दिनअगाडि नेपाल आएका राष्ट्रपति राजपाक्षेले लुम्बिनी भ्रमण गरी त्यस क्षेत्रको सम्बर्धन र विकासका लागि १० हजार डलर सहयोग गरेका छन्। उनी विशेषगरी धार्मिक यात्राका लागि नेपाल आएका थ‍िए। यसबीच उनले नेपालका राष्ट्रपति रामवरण यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई श्रीलंका भ्रमणको निम्तो दिए।

राजपाक्षे दम्पतिको सम्मानमा प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार साँझ होटल सोल्टीमा रात्रीभोजको आयोजना गरेका थिए। त्यतिबेला दुई पक्षबीच भएको भेटवार्तामा प्रधानमन्त्री नेपालले निर्धारित समयमै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउने र संविधान लेखन सरकारको प्राथामिकता रहेको जानकारी गराएका थिए।

गत फागुनमा भएको भ्रमणका बेला भएका नेपाल-श्रीलंका सिधा हवाई उडान र विदेशमन्त्री स्तरमा आयोग गठन गर्ने सम्झौता कार्यान्वयका सम्बन्धमा उनीहरूबीच छलफल भएको थियो।

राष्ट्रपति राजपाक्षेसँग बिहीबार साँझ एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका थिए। नेपाली कांग्रेस, एमालेलगायत दलका नेताहरूले पनि शिष्टाचार भेट गरी समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गरे। राष्ट्रपति राजपाक्षे शनिबार बिहान आफू आएको विशेष बिमानबाट स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( मंगलवार, 01 डिसेम्बर 2009 10:01 )
onlineversion
Nagarik Offer