Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

२७ काठ तस्करलाई मुद्दा चलाइयो

smaller text tool iconmedium text tool iconlarger text tool icon
बाँके (कोहलपुर), फागुन १६- काठ चोरी पैठारी गर्ने २७ जनालाई जिल्ला वन कार्यालयमार्फत् वन ऐनअन्तर्गत मुद्दा चलाइएको वन तथा भू-संरक्षण मन्त्रालयका सचिव युवराज भुसाललाई जानकारी गराइएको छ। इलाका वन कार्यालयबारे जानकारी लिन आएका सचिवलाई कोहलपुर इलाका वन कार्यालयमा उक्त जानकारी गराइएको हो।

बाँकेको इलाका वन कार्यालय कोहलपुरअन्तर्गत पर्ने, मदेवा, नौबस्ता, रैनीरेञ्जरपोस्टलगायतका स्थानबाट काठसहित पक्राउ गरिएका काठ तस्करलाई कारबाहीका लागि मुद्दा दायर गरी अगाडि बढेको इलाका वन कार्यालयका सहायक वन अधिकृत रामहरि सेंढाईंले जानकारी गराए।

उनले २०६६ साउन २१ देखि २०६६ माघ १० गतेसम्म भित्र २७ जनालाई पक्राउ गरिएको बताएका थिए।

उक्त अवसरमा बाँकेको उत्तर क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्र राष्ट्रिय निकुञ्ज हुने हल्ला चलेपछि बाँकेमा वन फँडानी व्यापक मात्रमा भइरहेको, वन कर्मचारीसँग नपड्कने बन्दूक भएकाले तस्करले उल्टै घरेलु बन्दूक देखाएर मार्ने धम्की दिएर भाग्ने गरेको, वन गस्तीका लागि गाडी नभएको, पक्राउ गरेका तस्करलाई छुटाउन राजनीतिक दलबाट दबाब आउने गरेको समस्या पनि सचिवलाई सुनाइएको थियो।

बाँकेको महादेव क्षेत्रमा राष्ट्रिय निकुञ्ज भएपछि घर बनाउन पाइँदैन भन्दै सालका रुख काटिएको र राष्ट्रिय निकुञ्जका हल्लाले वन फडानी रोक्न नसकिएको वन कर्मचारीले सचिवसमक्ष गरेका छन्।

सचिव भुसालले वन फँडानी गर्नेको लगत राख्न कर्मचारीलाई आदेश दिँदै तिनलाई एकएक गरी कारबाही गरिने बताएका थिए।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion
Nagarik Offer