गोरखा, फागुन १६- नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ।
स्वाँरा गाविस–८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए।
ट्रेकिङ व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायीसहितको टोली यही फागुन १५ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो।
नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताए।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook