काठमाडौँ, फागुन १६ (नागरिक)- होली खेल्ने क्रममा जबर्जस्ती गरेको अभियोगमा २ सय ९३ जना पक्राउ परेका छन्। प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट जबर्जस्ती लोला हान्ने र रङ लगाइदिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौंबाट २ सय ७७ जनालाई पक्राउ गरेको थियो भने ललितपुरमा १६ जना पक्राउ परेका थिए। पक्राउ परेका सबैलाई आइतबार बेलुका चेतावनी दिएर रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले होलीका दिन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा काठमाडौँमा २ सय ४१ र ललितपुरमा ११ वटा गरी २ सय ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook