एकको मृत्यु, चार बेपत्ता-
चाँदनी हमाल, चितवन, फागुन ११- चितवनको दारेचोक गाविस-४ स्थित घोप्टेभीरमा चितवनबाट काठमाडौँ हिँडेको माइक्रो बस दुर्घटना हुँदा कम्तिमा एकको मृत्यु भएको छ। बैतडीको पाटन ४ घर भएका २७ वर्षीय दिनेशप्रसाद जोशीको मृत्यु भएको हो। ग १ ख २४६२ नम्बरको सो माइक्रो सडकबाट त्रिशूली नदीमा खसेको थियो। माइक्रोमा १९ जनाले टिकट काटेको भए पनि कति जना सवार छन् भन्ने थाहा हुन सकेको छैन। २२ जनालाई त्रिशूली नदीमा डुङ्गाबाट उद्धार गरिएको छ। केही यात्रु बेपत्ता भएको आशंका गरिएको छ।
घाइतेमध्ये ४ जनालाई चितवन मेडिकल कलेज, ३ जना भरतपुर मेडिकल कलेज र ७ जनालाई भरतपुर अस्पतालमा लगिएको छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook