Wednesday 4 Bhadra, 2071 |
Menu

७५ हजार घुससहित राष्ट्रिय अनुसन्धानका दुुई प्रहरी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका दुुई प्रहरीलाई घुुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले सिनामंगलको सेकुुवा पसलबाट प्रहरी निरीक्षक राजन थापा र असई विश्वेश्वर आचार्यलाई ७५ हजार रकमसहित पक्राउ गरेको हो। यी दुुवै विमानस्थलको…
विस्तृतमा पढ्नुस्

घूस लिएर लाइसेन्स दिने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं-घूस लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागअन्तर्गत सवारी चालक अनुमतिपत्र कार्यालय बाग्मतीका तत्कालीन निमित्त प्रमुख रामदत्त भट्टसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
विस्तृतमा पढ्नुस्

स्वास्थ्यका सात कर्मचारी धरौटीमा छुटे

काठमाडौं– फर्जी कार्यक्रम देखाएर भ्रष्टाचार गरेको अभियोग लागेका स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखाका लेखा अधिकृत यदुराज शर्मा नेपालसहित सात कर्मचारी धरौटीमा छुटेका छन्। विशेष अदालतले सोमबार उनीहरूको मुद्दामा पहिलो सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश गरेपछि उनीहरू रिहा भएका हुन्।
विस्तृतमा पढ्नुस्

सम्पत्ति शुद्धीकरणका हाकिम घुस लिँदालिँदै समातिए

काठमाडौं– सम्पत्ति शुद्धीकरण विभागका अधिकृत शम्भु चालिसे १० लाख रुपैयाँ घुससहित शनिबार पक्राउ परेका छन्। मुद्दा मिलाईदिन्छु भन्दै पीडितबाट ललितपुर भैंसेपाटीस्थित पीडितको घरमा साँझ रुपैयाँ बुझेर फर्कंदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता श्रीधर…
विस्तृतमा पढ्नुस्

सचिव नियुक्तिविरुद्ध डाक्टर आन्दोलनमा

काठमाडौं-स्वास्थ्य मन्त्रालयको सचिव पदमा स्वास्थ्य ऐनविपरीत प्रशासन समूहबाट ल्याइएको भन्दै चिकित्सकहरूले त्यसविरुद्ध देशव्यापी आन्दोलनको तयारी गरेका छन्।
विस्तृतमा पढ्नुस्

२० निकाय सचिवविहीन

काठमाडौं-सचिव नहुँदा महत्त्वपूर्ण मन्त्रालय र निकायमा प्रशासनिक रिक्तता बढिरहेका बेला शुक्रबारदेखि सचिवविहीन मन्त्रालय र निकायको संख्या २० पुगेको छ।
विस्तृतमा पढ्नुस्

मुख्यसचिव फेर्ने शक्तिशाली मन्त्रीहरुको योजना कसरी तुहियो?

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले मुख्यसचिव पौडेललाई हटाउने उपप्रधानमन्त्रीद्वय वामदेव गौतम, प्रकाशमान सिंह, अर्थमन्त्री रामशरण महत तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल लगायतको प्रयास असफल भएको छ। आधा दर्जनभन्दा बढी मन्त्रीहरुको लबिङलाई प्रधानमन्त्री सुशील कोइरालाले अस्वीकार गरेपछि मुख्यसचिव हटाउने लबिङ असफल भएको हो।
विस्तृतमा पढ्नुस्

यातायातका दुई कर्मचारी निलम्बित

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा आरोपित यातायात व्यवस्था विभागका दुई र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेका सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारी निलम्बन गर्न निर्देशन दिएको छ।
विस्तृतमा पढ्नुस्

तलबभत्ता बढाउन कर्मचारीको दबाब

काठमाडौं- नयाँ आर्थिक वर्ष आउनै लाग्दा निजामती कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनले तलब र सुविधा बढाउन सरकारलाई दबाब दिएका छन्। विभिन्न दलसम्बद्ध कर्मचारी संगठनले बिहीबार अर्थमन्त्री रामशरण महतलाई भेटेर नयाँ बजेटमा कर्मचारीको तलब, भत्तालगायत सुविधा वृद्धि नभए आन्दोलन गर्ने धम्कीसमेत दिए।
विस्तृतमा पढ्नुस्

पिआर लिएका दुई शिक्षकको राजीनामा

सिन्धुपाल्चोक– विदेशी स्थायी बसोबास अनुमति लिएका दुई स्थायी शिक्षकले सेवाबाट राजीनामा दिएका छन्। पिआर, डिभी, ग्रिनकार्ड लिएका राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने सरकारको चेतावनीपछि उनीहरूले विदेशबाटै सम्बन्धित विद्यालयमा राजीनामा पठाएका हुन्।
विस्तृतमा पढ्नुस्

९८ डिएसपीको सरुवा

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ९८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी संगठनमा १५ महिनायता सरुवा राेकिएको थियो। कारबाहीमा परेका र कार्यक्षमता सन्तोषजनक नदेखिएका कार्यालय प्रमुखको स्थानमा काजमा पठाएर काम चलाउँदै आएको प्रहरी प्रधान कार्यालयलले डिएसपीबाट सरुवा प्रक्रिया सुरु…
विस्तृतमा पढ्नुस्

२४ एलडिओ सरुवा

काठमाडौं-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २४ जना स्थानीय विकास अधिकारी (एलडिओ)को सरुवा गरेको छ।
विस्तृतमा पढ्नुस्

प्रहरी नियमावली-कार्यान्वयनमा नआउँदै संशोधन प्रस्ताव

काठमाडौं-गृहमन्त्रालयले प्रहरीसम्बन्धी नयाँ नियमावली कार्यान्वयनमै नआउँदै संशोधन गर्न मन्त्रिपरिषदको विधेयक समितिमा प्रस्ताव पठाएको छ। दुई वर्षको गृहकार्यपछि बनेको नियमावलीमा व्यावहारिक समस्या देखिएको भन्दै गृहले नियमावलीमा संशोधनको प्रस्ताव गरेको हो।
विस्तृतमा पढ्नुस्

गाविस सचिवलाई भ्रष्टाचार मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै तलब बढाएर लिएको अभियोगमा सप्तरी गोबरगाडा गाविसका सचिव नन्दकिशोर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed