४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दीपविरुद्धको मुद्दाको पेसी २३ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी यही वैशाख २३ गते (आइतबार) का लागि तोकिएको छ।

आज पेसी रहेकाे मुद्दामा समय अभावका कारण सुनुवाइ हुन सकेन्। समय अभावका कारण लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा परेको हो। 

लामिछानेविरुद्धको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको थियो। छैटौं नम्बरमा रहेको मुद्दा समय अभावका कारण हेर्न  नभ्याइनेमा परेको हो।

बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन।

प्रकाशित: १६ वैशाख २०८१ १७:१७ आइतबार

क्रिकेटर सन्दीप लामिछाने