नेपालले जापानमा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार दुई पदक जितेको छ।
जापान वाटाको आयोजनामा भइरहेको च्याम्पियनसिपमा टार्जन कायात मगर र उकेश थापा मगरले पदक जितेका हुन्।
टार्जनले पुरुष ३० वर्षमुनि व्यक्तिगत पुम्सेमा कांस्य पदक जिते। टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरे। २४ देशको सहभागिता रहेको यस प्रतियोगितामा आइतबार साग स्वर्णविजेता वीरबहादुर महराले ७४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।
नीरज देउवा, चन्द्रबहादुर रानामगर, धनबहादुर तामाङ, सानी रानामगरको पनि चुनौती रहनेछ। टोलीको प्रशिक्षकमा भजिन्द्रबहादुर क्षेत्री छन्।
जापान वाटाको आयोजनामा जारी प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ।
प्रकाशित: १६ वैशाख २०८१ ०७:३० आइतबार