४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुर डढेलोमा घाइते भएका एकको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीकाे मृत्यु भएको हाे।

डढेलो निभाउने क्रममा शङ्कर पहरी गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल पुर्याएपछि मृत्यु भएको  प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार घाइते भएका शङ्करलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइए थियो। 

त्यस्तै अर्का घाइते रमेश पहरीकाे पनि अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकाे छ।

डढेलो आनन्द वनमा पनि फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ। 

आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई सुरक्षित भवनमा सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले नागरिक न्यूजलाई जानकारी दिए। आनन्द वनको कुष्ठरोग अस्पतालमा रहेका ६५ जना बिरामीलाई सारिएको हो।  

प्रकाशित: १८ वैशाख २०८१ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App