५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौँमा अझै केहीदिन पानी नपर्ने, वायु प्रदूषणको तह अझै खतरामै

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी पर्ने सम्भावना नरहेको बताएको छ।

महाशाखाका अनुसार नेपालमा हाल बाह्य मौसमी प्रणाली नभएका कारण काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी नपर्ने भएको हो।

पानी पर्ने सम्भावना नरहेकाले काठमाडौँ उपत्यकाको वायु प्रदूषण हट्न पनि समय लाग्ने भएको छ।

महाशाखाकाका मौसमविद् चिरञ्जिवी भेटुवालले काठमाडौँ उपत्यकामा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए।

उनले बाहिरी मौसमी प्रणाली स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने सम्भावना भएपनि अहिले तत्कालै काठमाडौँ उपत्यकामा पानी नपर्ने बताए। साथै काठमाडौँ उपत्यकामा ठूलो हावाहुरी चल्ने सम्भावना पनि नरहेकाले वायु प्रदूषणको तह तत्कालै नघट्ने बताए।

काठमाडौँको बनोटका कारण प्रदूषण उपत्यका भित्रै रहिरहँदा मानव स्वास्थ्यका लागि पनि जोखिमपूर्ण रहेको उनले बताए।

एक्यु एयरका अनुसार अघि बिहान १०ः५५ बजे काठमाडौँको वायु प्रदूषणको तह १८६ मापन गरिएको छ। अर्थात् काठमाडौँ अहिले विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ।

आसपासका क्षेत्रमा लागेको डढेलो र स्थानीय प्रदूषणका कारण काठमाडौँ उपत्यकाको वायु प्रदूषण खतराको तहमा पुगेको छ।

प्रकाशित: १८ वैशाख २०८१ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App