५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव, होला त सहमति?

गाजा युद्धविरामका लागि इजराइलले हमाससमक्ष ४० दिने युद्धविरामको प्रस्ताव प्रस्तुत गरेको छ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बताएका छन्।

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको जानकारी दिए।

हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट पुगेको छ। यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन्। पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ।

पछिल्लो समय इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि विश्व दबाब पर्नुका साथै आफ्नै मुलुक भित्र पनि दबाब पर्न थालेको छ।

इजराइलले रफाह क्षेत्रमा आक्रमणलाई अघि बढाउने तयारी गरिरहँदा उक्त प्रस्तावले सकारात्मक नतिजा आउनेमा सबैले अपेक्षा गरेका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि गाजा र इजराइल युद्धसँग सम्बन्धित विषयमा अरब देशका नेताहरूसँग छलफल गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८१ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App