४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चाँदीको मूल्य घट्यो,सुनको मूल्य स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भैइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज पनि त्यही मूल्य कायम भएको छ।

हिजो ४ सय रुपैयाँ घटेको सुन आज त्यही मूल्यमा कायम भएको हो। वैशाख ९ गते भने सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। जसमा प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रूपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रूपैयाँ रहेको चाँदी आज १ हजार ६५०मा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

प्रकाशित: १८ वैशाख २०८१ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App