४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रिन आवास कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ। सो कर्जा योजनाअन्तर्गत सात वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ।

वातावरणमैत्री गतिविधिहरू उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्यअनुरूप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ। योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डसमेत निःशुल्क जारी गरिनेछ।

इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्ट निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्नका लागि यो कर्जा लिन सकिने बैंकले जनाएको छ। यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागिसमेत यस कर्जाको उपभोग गर्न सकिनेछ।

प्रकाशित: १८ वैशाख २०८१ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App