४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

बर्थडेमा पूजालाई फ्यानले दिए सुनको बाला उपहार

तस्बिर: पूजा शर्माको सामाजिक सञ्जालबाट

अभिनेत्री पूजा शर्माको यो जन्मदिन खास बनेको छ। अन्यभन्दा फ्यानसँग उनको जन्मदिन सेलिब्रेसन विशेष रह्यो।

जन्मदिनको अवसरमा शर्मालाई फ्यानहरूले सुनको बाला उपहार दिएका छन्। फ्यानहरूले पूजा र युद्धको फोटो समावेश लकेट पनि उपहार दिएका छन्।

फ्यानहरूसँग जन्मदिन मनाउन पुगेकी शर्मालाई फूलैफूलको वर्षा गराएर स्वागत गरिएको थियो। पूजाले सोमबार आफ्नो जन्मदिन मनाएकी थिइन्।

सोही अवसरमा पूजाले मिडियासँग कुराकानी गर्दै सङ्गत राम्रो मान्छेसँग गर्नुपर्ने रहेछ भन्ने ठूलो पाठ आफूले बितेको वर्षमा सिकेको बताइन्। 

प्रकाशित: १८ वैशाख २०८१ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App